जनता टाइम्स

७ असार २०७८, सोमबार १०:०३

नेपालकै सहमतिमा भारतीय प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्रसंघमा अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव गरेका हुन : प्रधानमन्त्री ओली


काठमाडौँ, ७ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मनको भाव शान्त र शुद्ध पार्न योग आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा प्रधानमन्त्री निवास वालुवाटारमा भएको समारोहलाई सम्बोधन गर्दै ओलीले नेपालमा करिब १५ हजार वर्ष अघि नै योग शुरु भएको बताउनुभयो ।

आदि योगको भूमीको रुपमा रहेको नेपाललाई योगमय बनाउन योगगुरुहरुको महत्वपूर्ण भुमिका रहेको ओलीको भनाइ थियो । मानव, जीव, अन्यजीव र प्रकृतिसँग जोडिएको शब्द नै योग भएकोले हरेक नेपालीले स्वथ्य रहन हरेक दिन योग गर्न आवश्यक रहेको प्रधानमन्त्रीले बताउनुभयो ।

योगकै कारण अधिकांश नेपाली स्वथ्य भएको उहाँको दाबी पथयो । हरेक वर्षको जुन २१ मा अन्तराष्ट्रिय योग दिवस मनाउने गरेको स्मरण गराउदै उहाँले सो दिन नेपालकै सहमतिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघमा अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव गरेको स्मरण गराउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा मन्त्रीहरु, चारै सुरक्षा निकायका प्रमुख, विघटित प्रनिनिधि सभाका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी थिए। कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराउनुभएको थियो ।