काठमाडौं, असार १२ । लामो समयदेखि सिन्धुलीको सामाजिक कार्यमा सक्रिय अभियन्ता एवं नेपाली कांग्रेस कमलामाई नगर सदस्य राजु चौलागाई र सकृय कार्यकर्ता इश्वर थापा नेकपा एमाले प्रवेश गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा युवा संघका इन्चार्ज एवं पूर्वमन्त्री महेश बस्नेतले उहाँहरुलाई खादा लगाई एमालेमा प्रवेश गराउनु भएको हो ।
उहाँहरुलाई युवा संघका अध्यक्ष किरण पौडेल, सिन्धुली एमाले अध्यक्ष प्रदिप कटुवाल, युवा संघका पदाधिकारी लगायतले स्वागत गर्नुभयो । पार्टीमा स्वागत गर्दै पूर्वमन्त्री बस्नेतले नप्रबेशीहरुको निर्णयको प्रशंशा गर्दै ढुक्क भएर एमालेको अभियानमा सकृयता पूर्वक लाग्न आग्रह गर्नुभयो ।
बस्नेतले अहिले देशमा केही पूर्वसमुहहरुको नाममा गठित अनेक पूर्वक्लबहरु देशलाई अस्थिरताको दिशातर्फ धकेल्ने चलखेलमा तल्लिन रहेकोले उनीहरुको शशक्त प्रतिबाद गर्न युवाहरु एकजुट भै लाग्न निर्देशन पनि दिनुभयो पूर्वआयुक्त, पूर्वन्यायाधीश, बार एसोसिएसनका पूर्व पदाधिकारीहरु सबै मिलेर अहिले सरकार र राष्ट्रबिरुद्ध अनेक षड्यन्त्र गरिरहेको ठोकुवा पनि बस्नेतले गर्नुभयो ।
संघका अध्यक्ष किरण पौडेलले केपी शर्मा ओलीले राष्ट्रियता र समृदिको लागि चाल्नुभएको कदमका कारण प्रवेशको यो लहर देशव्यापी चलिरहेको र संघले नवप्रवेशी साथीहरुलाई संगठनमा उचित जिम्मेवारी प्रदान गर्ने प्रतिबद्दता ब्यक्त गरेको माहासचिब रमेश आचार्यले जानकारी दिनुभयो।

नवप्रवेशी राजु चौलागाईले आफु कुनै लोभलालच राखेर एमालेमा प्रवेश गरेको नभई नेपालि कांग्रेस भित्र लोकतन्त्र र राष्ट्रियतामा आएको विचलन तथा काङ्रेशी रवैयाबाट मुक्त हुन तथा केपी शर्मा ओलीको राष्ट्रवादी अडानबाट प्रभावित भएर प्रवेश गरेको बताउनु भयो । उहाँले कांग्रेसले यो मुलुकको समृद्धिलाई अघि बढाउन नसक्ने निश्कर्षमा आफूहरु पुगेको जानकारी पनि दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्