जनता टाइम्स

१९ असार २०७८, शनिबार १५:२०

सवै नागरिकमा कारोना खोप पुर्याउने प्रधानमन्त्रीको घोषणा, यस्तो छ योजना


काठमाडौं, असार १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नागरिकले कोरोनाविरुद्धको खोप प्राप्त गर्ने प्रष्ट पार्नुभएको छ । त्रिशुली–३ बी प्रसारण लाइन र सबस्टेसनको आज भर्चुअल रूपमा उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले समूह तोकेरै सबै जनसङ्ख्यामा खोप पुर्‍याइने प्रष्ट पार्नुभयो । उहाँले खोपको समस्या समाधान भएको जानकारी पनि दिनुभयो । केही समय खोप पाउन समस्या भए पनि मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरिएको उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीले सुरुमा जोखिमयुक्त समूहलाई खोप दिने बताउँदै त्यसपछि सबै नागरिकलाई उपलब्ध गराइने बताउनुभयो । अब कोरोनाविरुद्धको खोप लगातार आउने बताउँदै उहाँले भ्याक्सिनको क्याम्पेन नै चल्ने जानकारी दिनुभयो । नेपाल कोरोनाको भ्याक्सिन पाइएन भन्ने अवस्थाबाट अगाडि बढेको उहाँको भनाई छ ।