काठमाडौं, असार २९ । एमाले नेता बिष्णु रिजालले राष्ट्रपति बिद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगर्ने कदम सही र दुरदर्शी रहेको तथ्यले नै प्रमाणित गरिदिएको बताउनु भएको छ । अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त हुन लाग्नुभएका देउवा अल्पमतमा परिसकेको तथ्य राख्दै रिजालले यस्तो बताउनु भएको हो ।
‘एमालेका २३ सांसदको साथ नरहने वित्तिकै प्रधानमन्त्री नियुक्त नहुँदै शेरबहादुर देउवा १२३ मा झरिसक्नुभयो । अब प्रतिनिधिसभामा उहाँको बहुमत (१३८) कसरी जुट्छ ? यसबाट त विभिन्न दलका सांसदका हस्ताक्षर जुगाड गरेर दावी गर्नुभएका देउवालाई प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपतिको कदम सही र दूरदर्शी रहेछ भन्ने पुष्टि हुँदैन र ?’ रिजालले भन्नुभएको छ ।
यस्तो छ रिजालको कुरा
विपक्षी गठबन्धनमा नरहने नेकपा (एमाले) का बरिष्ठ नेता माधवकुमार नेपालको घोषणाले अदालतको राजनीतिक फैसलाको हावा हिजै खुस्काइदिएको छ । एमालेका २३ सांसदको साथ नरहने वित्तिकै प्रधानमन्त्री नियुक्त नहुँदै शेरबहादुर देउवा १२३ मा झरिसक्नुभयो । अब प्रतिनिधिसभामा उहाँको बहुमत (१३८) कसरी जुट्छ ? यसबाट त विभिन्न दलका सांसदका हस्ताक्षर जुगाड गरेर दावी गर्नुभएका देउवालाई प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपतिको कदम सही र दूरदर्शी रहेछ भन्ने पुष्टि हुँदैन र ?
प्रतिक्रिया दिनुहोस्