काठमाडौं, साउन २ । एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकताको पहल जारी राखेका छन् । एमाले स्थायी कमिटीले धन्यवादसहित १० बुँदे सहमति अनुमोदन गरी कार्यदल बिघटन गरेपछि उत्साहित बनेका कार्यदलका सदस्यहरु फेरि एकजुट बनेका हुन ।
एकता प्रयाशकै लागि एमाले एकताका लागि बनाइएको तर विघटित कार्यदलको बैठक सिंहदरबारमा बसेको छ । एमाले संसदीय दलको कार्यालयमा बिहान ९ बजेदेखि बैठक बसेको हो । बैठकमा विष्णु रिमाल र शंकर पोखरेलबाहेक कार्यदलका अन्य सबै सदस्य उपस्थित हुनुहुन्थ्यो । कार्यदलमा नरहनुभएका सचिव पृथ्वीसुब्बा गुरुङ पनि सहभागी हुनुभएको छ ।
नेकपा एमालेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गरेसँगै शुक्रबार कार्यदल विघटन गरिएको थियो। एमाले स्थायी कमिटीले कार्यदलको सहमति अनुमोदन गरेपछि बरिष्ठ नेता माधवकुमार नेपाल समुहमा रहनुभएका कार्यदलका सदस्यहरु दवावमा पर्नुभएको छ ।
पार्टीले सहमतिलाई ग्रहण गर्दै अघि बढने निर्णय लिएपनि बरिष्ठ नेता नेपाल भने कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने योजनाका साथ अघि बढनु भएको छ । आजको छलफलमा यस बिषयमा समेत कुराकानी भएको कार्यदलका एक नेताले जनताटाइम्सलाइृ बताए ।













प्रतिक्रिया दिनुहोस्