काठमाडौं, साउन २२ । एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले सदस्यता नविकरण र पार्टीको विधान महाधिवेशन प्रक्रिया नरोकिने प्रष्ट पार्नुभएको छ । माधव नेपाल समुहले सदस्यता नविकरण र महाधिवेशन प्रक्रिया रोक्न माग गरेपछि जवाफ दिँदै बाँसकोटाले अव कसैलाई पर्खिएर एमालेले पार्टी काम नरोक्ने प्रष्ट पार्नुभएको हो ।
पूर्व सञ्चारमन्त्री समेत रहनुभएका बाँस्कोटाले आज ट्विट गर्दै बास्कोटाले एमालेको सदस्यता नवीकरण र महाधिवेशन प्रक्रिया नरोकिने बताउनु भएको छ । ‘न नवीकरण प्रक्रिया रोकिन्छ, न त विधान महाधिवेशन नै,’ बास्कोटाले भन्नुभएको छ, ‘पार्टी नै भाँड्न खोज्नेका माग सुन्न पर्दैन। आए गल खेत छँदैछ, गए झोडा फाँडेर खुइ काड्लान। त्यो पनि नभए देउवाको भजनकृतन मण्डलीको सदस्य बन्ने, देउवा मन पर्छ भन्ने, टिकटक बनाउने।’
माधव समुहले बिहीवारबाट सुरु भएको गुट भेलाबाट सदस्यता नविकरण र महाधिवेशन प्रक्रिया रोक्न माग गरेको थियो । पार्टी काम अघि बढनै नदिएर आफूहरुको बार्गेनिङ बढाउने खेलमा माधव समुह लागेपछि बाँस्कोटाले अव कसैको कुरा सुनेर पार्टीको काम नरोकिने बताउनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्