काठमाडौं, भदौ १३ । नेपालको पहिलो कमेडि रियालिटी शो ‘कमेडी च्याम्पीयन सिजन–२’ को ३४ औं भाग हिजो सम्पन्न भएको छ । जसमा ३ निर्णायकहरु हुनुहुन्छ, जसमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई । ३४ औं भागमा आइपुग्दा ४ जना प्रतियोगी रहेका छन् । अबको राउन्डमा पुग्न वा फाइनलको लागि ३ जना छानिनुपर्ने छ । अब आउँदो शुक्रबार च्याम्पीयनको ग्राण्ड फिनाली हुनेछ । जसमध्ये भरतमणी पौडेल अन्तिम ३ मा पुगिसकेका छन् भने बाँकी ३ मध्ये २ जना दर्शकको भोटको आधारमा अगाडि बढ्नेछन् ।
शनिबारको प्रस्तुतीमा विक्की अग्रवालको थियो ‘पेन्टोमाइम अभिनय’ जसमा संगीतमय माहोलमा नबोली अभिनय मात्र गरेर दर्शकलाई हँसाउनु हो । विशेषगरि, बेलायत, आयरल्याण्डलगायतका देशमा नयाँ बर्ष र क्रिसमसमा यो अभिनय प्रस्तुत हुने गरेको पाइन्छ । आधुनिक पेन्टोमाइममा गीत, थप्पड, नृत्य आदि समावेश गरिन्छ । ४ जना जजमध्ये मनोज गजुरेलले विक्कीको यो प्रस्तुतिलाई समयले वुझाउने बताउनुभयो । त्यस्तै प्रदिप भट्टराइले विक्कीले जोखिम मोलेपनि फरक प्रस्तुति गरेको भन्दै प्रशंसा गर्नुभयो भने ऋचा शर्माले पनि राम्रो टिप्पणी गर्नुभयो । उहाँले टप ३ मा विक्की आउँनैपर्ने भन्दै आफूले १ हजार भोट गर्ने बताउनुभयो ।
तर यता विक्कीको प्रस्तुति आफूले समेत नवुझेको भन्दै निर्णायक सन्तोष पन्तले खरो टिप्पणी गर्नुभयो । जसको कारण सामाजिक सञ्जालभरि पन्तको टिप्पणी गरेका छन् । सन्तोष पन्तको यो टिप्पणीको अहिले चर्को आलोचना समेत भएको छ । पन्तले विक्कीको प्रस्तुति नै नबुझेको भन्दै सधै मुख बिगारेर गरिने क्यारिकेचरलाई मात्र कमेडी भन्न नमिल्ने अधिकांश दर्शकको भनाई छ । युटुबमा आएका प्रतिक्रियामा पनि अधिकांशले विक्कीको प्रस्तुतिको तारिफ गरेका छन् ।
पन्तले भन्नुभयो, ‘हाँस्ने स्टाइल र विदेशीको हाँस्ने स्टाइलमा फरक छ । यो प्रयोग तिम्रो लागि गाह्रो पर्न सक्छ । हाम्रो समाजले यसलाई वुझ्दैनन्, मैले त वुझिनँ । फिलोसोपी त भयो । तर, तिम्रो प्रस्तुति हेरेर कोही हाँस्यो त ! यहाँ त कोही हाँसेन । हाम्रो आफ्नै स्टाइल छ । यसलाई फलो गर । ’कमेडी च्याम्पियनका निर्णयक पन्तको यस टिप्पणीसँगै उहाँको ‘कला–चेत’माथि नै प्रश्न उठाएका छन् । शनिबारको ३४ औं एपिशोटमा सिक्किमबाट आएका विक्कीले आफूले फरक देखाउने भन्दै अहिलेसम्मकै च्याम्पियनसीपमा पहिलोपटक पेन्टोमाइम अभिनय गरे ।
विक्कीले फाइनलमा पुग्नका लागि दिएको यस प्रस्तुति आफैमा जोखिमपूर्ण हो । निर्णायक पन्तको प्रतिक्रियापछि विक्कीले भन्नुभयो,‘मलाई पेन्टोमाइम अभिनय गरेको कारण कुनै पनि पश्चाताप छैन । कमेडी च्याम्पियनको सेटमा म जित्न भन्दा पनि केही नयाँ गर्न आएको हुँ । शुक्रबार बेलुकीसम्म म स्ट्यान्डअप गर्ने कि पेन्टोमाइम गर्ने भन्ने थियो । म टप ४ बाट बाहिरिए भने पनि मलाई कुनै पश्चाताप हुने छैन । मलाई बाहिरिदा पनि केही फरक पर्दैन ।’
हेरौं पन्तको आलोचना







प्रतिक्रिया दिनुहोस्