जनता टाइम्स

२३ भाद्र २०७८, बुधबार १३:०९

सभामुखलाई महाअभियोग लगाउनुपर्छ – नेता बस्नेत


काठमाडौं, भदौ २३ । नेकपा एमालेका नेता महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउनुपर्ने बताउनुभएको छ । सभामुख सापकोटाले नेकपा एमाले विभाजनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै नेता बस्नेतले सभामुखलाई महाअभियोगसम्म लगाउनुपर्ने बताउनुभएको हो । सिंहदरवारमा जारी संसदीय दलको बैठकमा उहाँले भन्नुभयो , ‘सभामुखलाई महाअभियोगसम्म लगाउनेतर्फ ध्यान दिनुपर्छ ।’सभामुखले एमालेले कारवाही सिफारिस गरेपनि सभामुखले सूचना नटाँसेको भन्दै सभामुखको भूमिकाप्रति एमालेले असन्तुष्टि जनाउँदै आएको छ । संसदीय दलको बैठकमा बोल्ने अभिकांश सांसदहरुले संसद बैठक सहज रुपमा सुचारु हुन दिन नहुने भन्दै नेतृत्वलाई सुझाव दिइरहेका छन् ।सभामुखको गतिविधि गैरकानुनी रुपमा अघि बढेको र बढाएको भन्दै सशक्त प्रतिवाद गर्नुपर्ने धारणा राखेका छन् ।