जनता टाइम्स

३ आश्विन २०७८, आईतवार ०९:३०

देउवा सरकारले गर्यो हत्या मुद्दामा जल परेकाको छानीछानी सजाय मिनाहा


ताप्लेजुङ, असोज ३ । संविधान दिवसका अवसर पारेर ताप्लेजुङमा तीन कैदीको सजाय मिनाहा गरिएको छ । पाथीभरा याङवरक गाउँपालिकाका १ हर्कबहादुर राई फुङलिङ नगरपालिका ३ का प्रेम लिम्बु र कुमार शेर्पाको बाँकी कैद मिनाहा गरिएको हो । तीनै जना कर्तब्य ज्यान मुद्दा (हत्या) मा कैद सजाय काटिरहेका थिए ।

५० प्रतिशत कैद भुक्तान गरेका तीनै जनाको बाँकी कैद मिनाहा गरिएको ताप्लेजुङ कारागार प्रमुख कुलेन्द्र खवासले बताउनु भयो । १० वर्ष कैद सजाय तोकिएका राईले पाँच वर्ष एक महिना, दुई वर्ष तोकिएका लिम्बु एक वर्ष आठ दिन र १० वर्ष तोकिएका शेर्पाले ६ वर्ष नौमहिना कैद भुक्तान गरेको खवासको भनाई छ ।