सिन्धुपाल्चोक, असोज ६ । नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री बलदेव तिमिल्सिना आफ्नै वडामा पराजीत हुनुभएको छ। जिल्लामा राजनीति धरातल बनाउन नसक्दा तिमल्सिना क्षेत्रीय प्रतिनिधिमा पराजित हुनुभएको ।
मंगलबार भएको वडा अधिवेशनमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी वडा ४ का तिमिल्सिनाले १७ मत मात्र प्राप्त गर्नुभएको थियो । उहाँ कृष्णप्रसाद सिटौलानिकट मानिनुहुन्छ । त्यस्तै, पूर्व जिल्ला सभापति भूपेन्द्र थापा क्षेत्रीय प्रतिनिधिमै पराजित हुनुभएको छ । सिन्धु काठमाडौँ सम्पर्क समितिका अध्यक्ष सोनाम थिङ पनि वडाबाट माथि आउन सक्नुभएन । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उहाहरू बाह्रबिसे नगरपालिका वडा ३ मा पराजित हुनुभएको हो ।
उहाँहरुले देउवाको चलखेलकाका कारण आफुहरु पराजीत भएको आरोप लगाउनुभभएको छ । यस्तै सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल र सिन्धुपाल्चोक महिला संघकी जिल्ला अध्यक्ष गीता नेपालले पनि क्षेत्रीय प्रतिनिधिमा पराजित हुन परेको छ। सिन्धुपाल्चोकमा केन्द्रको संस्थापन पक्षले जिल्लाको स्थापन पक्षका प्रमुख नेताहरूलाई वडामै रोकिदिएको छ।
यस्तै रोल्पामा केन्द्रको संस्थापन पक्ष निकट नेताहरूलाई जिल्लाको संस्थापन पक्षले वडामै सीमित पारेको थियो। सभापति शेरबहादुर देउवानिकट रोल्पाका पूर्वसभापति कृष्णबहादुर घर्तीमगर माडी गाउँपालिका–२ मा पराजित हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्