जनता टाइम्स

११ आश्विन २०७८, सोमबार १३:३८

यी पाइलट, जसले जोगाए काठमाडौंको आकाशमै झन्डै १० फन्को लगाएर ७३ यात्रुसहित चालक दलका सदस्यको ज्यान


काठमाडौं, असोज ११ । आज विहान विराटनगरमा अवतरण हुन नसकेर काठमाडौंमा फोर्स ल्यान्डिङ गरिएको बुद्ध एयरको जहाज क्याप्टेन आङ्गेलो शेर्पाले उडाउनुभएको थियो । काठमाडौंबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाजमा आकस्मिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको थियो ।

काठमाडौंको आकाशमै झन्डै १० फन्को लगाएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर १६ मिनेटमा सुरक्षित रुपले अवतरण गरिएको विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले बताउनुभयो । काठमाडौंको आकाशमा उक्त जहाज २४ मिनेट होल्ड गरिएको थियो ।

विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखिएपछि काठमाडौंतर्फ फर्काइ जोखिमपूर्ण अवस्थामा समेत शेर्पाले काठमाडौंमा सुरक्षित अवतरण गराउनुभयो । उक्त विमानमा तीन बच्चासहित ७३ यात्रु थिए । यसकारण पनि आज ७३ यात्रुको ज्यान जोगाउने भगवान् बन्नुभएको पाइलट हो शेर्पा ।