जनता टाइम्स

११ आश्विन २०७८, सोमबार १७:०३

पशुपतिमा साधुमाथि खुकुरी प्रहार, १२ जना पक्राउ


काठमाडौं, असोज ११ । काठमाडौंको पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार भएको छ । काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार आज विहान साढे ५ बजे खुकुरी प्रहार भएको हो ।

एसएसपी सिंहका अनुसार विहान शौचालय जाने क्रममा साधुलाई एकजनाले पेटमा खुकुरी हानेका हुन् । घाइते सन्तोष बाबाको वीर अस्पतालमा उपचार भइरहेको छ । उहाँ खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नताको आशंकामा १२ जना पक्राउ परेका छन् । उनीहरु घटनामा संलग्न भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको एसएसपी सिंहले बताउनु भयो ।