जनता टाइम्स

११ आश्विन २०७८, सोमबार १७:४४

कालो धनको पक्षमा उभिए बाबुराम भट्टराई


काठमाडौं, असोज ११ । सत्तारुढ गठबन्धनका नेता डा. बाबुराम भट्टराई कालो धनको पक्षमा खुलेर उभिनुभएको छ । कालो धन वैधानिक भए राम्रो हुने भन्दै भट्टराई बचाउमा उत्रनुभएको हो ।

‘यो सरकारले कालो धनलाई बाहिर ल्याएर राष्ट्रिय उत्पादनमा प्रयोग गर भनेको छ । कालो सेतो जे सुकै भएपनि उत्पादनमुलक क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गरेर विकास गर भन्नु त सहि छ नि,’ प्रतिनिधिसभाबाट बाहिरिने क्रममा आज पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले भन्नुभयो ।