जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार ०९:०८

यी हुन ललितपुरको स्थानीय तहमा नेतृत्व गर्ने कांग्रेस नेता : कस्ले जिते ? को हारे ?


ललितपुर, असोज १२ । ललितपुरको ६ वटा स्थानीय तहमा नेपाली कांग्रेसको सभापतिसहितको कार्यसमिति चयन भएको छ । ललितपुरमा ३ वटा गाउँपालिका, २ नगरपालिका र १ महानगरपालिका रहेको छ । गोदावरी नगरपालिका, बागमती गाउँपालिका र महांकाल गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

गोदावरी नगरपालिकाको सभापतिमा प्रदीप जोशी चयन हुनुभएको छ भने बागमती गाउँपालिकाको सभापतिमा वीरबहादुर लोप्चन चयन हुनुभएको छ । लोप्चन गाउँपालिकाको अध्यक्ष पनि हुन् ।

महाँकाल गाउँपालिकाको सभापतिमा खोमप्रसाद दाहाल सर्वसम्मत सभापतिमा चयन भएको छ । कोञ्ज्योसोम गाउँपालिका, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा भने सभापतिसहितको कार्यसमितिका लागि निर्वाचन भएको छ। कोञ्ज्योसोम गाउँपालिकामा सरोज घलान सभापतिमा निर्वाचित हुनुभएको छ । घलानले ४५ मत प्राप्त र प्रतिद्वन्द्वी जीवन बलले ३७ मत प्राप्त गर्नुभएको छ ।

महालक्ष्मी नगरपालिकाको सभापतिमा दीवाकर सिलवाल ८२ मतसहित विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी सशील खड्का ८० मतसहित पराजित हुनुभयो । ललितपुर महानगरपालिकाको सभापतिमा सुवानन ध्वाख्वा विजयी हुनुभएको छ । ध्वाख्वाले २८२ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी गणेशभक्त श्रेष्ठले २२१ मत ल्याउनु भयो ।