जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार १२:४८

जनार्दन शर्माले नै सुनाए माओवादीका अधिकांश नेताले चुनाव नजित्ने खुलासा, राखे यस्तो प्रस्ताव


काठमाडौं, असोज १२ । माओवादी नेता जनार्दन शर्माले आगामी निर्वाचनमा माओवादीका अधिकांश नेताले चुनाव जित्न नसक्ने निश्कर्ष निकाल्नुभएको छ । आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड नै चितवनबाट चुनाव नजित्ने आंकलन भइरहेको बेला अर्थमन्त्रीसमेत रहनुभएका माओवादीका संगठन बिभाग प्रमुख शर्माले अव पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताएर माओवादी नेताहरुले चुनाव जित्ने अवस्था नरहेको भित्री रहष्य खोल्नुभएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी निकट नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै शर्माले पुर्ण समानुपातिक निर्वाचन प्रणाली नै नेपालका लागि उपयुक्त रहेको बताउनु भयो । नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने उहाँको भनाई छ ।

‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्छन । ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था तिनीहरुको छैन,’ शर्माले भन्नुभयो । माओवादी नेताहरुका अनुसार आगामी निर्वाचनमा अध्यक्ष प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र रुकुमतिर आँखा लगाउनु भएपछि शर्माले पुर्ण समानुपातिक प्रणालीमा जानुपर्ने बताउँदै निर्वाचन क्षेत्र प्रचण्डलाई जिम्मा लगाउन नसकिने जवाफका रपमा यो भनाईलाई लिइएको छ ।