जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार १५:२२

साईनो नेपाल मिडया सोसाइटीद्धारा वेलनेस टिमलाई मास्क हस्तान्तरण


काठमाडौं, असोज १२ । साईनो नेपाल मिडया सोसाइटीले बाग्लुङको ताराखोला गाउँपालिकालाई कार्यक्षेत्र बनाएर स्वास्थ्य सेवा प्रदान गर्दै आएको वेलनेस टिमलाई मास्क हस्तान्तरण गरेको छ ।

सो संस्थाकी अध्यक्ष नितु खड्कालाई सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले मास्क हस्तानतरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा संस्थाकी अध्यक्ष खड्काले आफुले संचालन गर्दै आएको कार्यक्रमलाई सहयोग गरेकोमा साइनो नेपाल मिडिया सोसाइटीलाई धन्यवाद दिनु भएको थियो ।

सोसाइटीका अध्यक्ष पौडेलले यस्ता कार्यक्रमलाई देशब्यापी रुपमा लैजानु पर्ने बताउनु भयो । कार्यक्रममा सोसाइटीका महासचिव दीपक रिजाललगायतको उपस्थिति रहेको थियो ।