काठमाडौं, असोज २५ । बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पुलसहित चारवटा पुल बगाएको छ ।
इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठका अनुसार आइतबार बिहान आएको बाढीले आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको हो ।
बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित न्याकचेत र सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुलसमेत बगाएको छ ।
त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका–२ तथा ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ ।
बाढीका कारण नदी आसपासका क्षेत्रमा भौतिक क्षति पुगेको छ । पुलहरू बगाएपछि स्थानीय बासिन्दाको आवतजावतमा समस्या भएको छ ।













प्रतिक्रिया दिनुहोस्