जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार १७:१४

सम्पादकहरुसँग ओलीको ब्यंग्य : यो सरकारसँग तपाईहरुले किन यति ठूलो दुश्मनी साँधेको ?


काठमाडौं, १२ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार असंबैधानिक रुपमा अघि बढदा पनि सञ्चार माध्यम चुप बसेको अनुभुति सुनाउनु भएको छ । मिडियाले बिगतमा जस्तै सरकारमाथि खवरदारी नगर्दा अहिलेको सरकार लपर्वाह बनेको आफ्नो निश्कर्ष पनि ओलीले राख्नुभएको छ ।

‘बिगतमा मेरो नेतृत्वको एमालेको सरकार रहँदा तपाईहरुले जसरी खवरदारी गर्नुभयो, त्यस्ले सरकारलाई गल्ती नगर्न धेरै सहयोग गर्यो, आज म तपाईहरुलाई त्यो खवरदारीका लागि धन्यवाद दिन चाहन्छु,’ आज आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेको सरकारलाई मिडियाले खवरदारी नगर्दा लपर्वाह र बेगलाम बनेको छ, संबिधान मिचेको छ, दुषित मनसाय राखेर जथाभावी काम गरेको छ, प्रमुख प्रतिपक्षी फुटाउन अध्यादेश ल्याएको छ, जे मन लाग्यो त्यो काम गरेको छ तर सञ्चार माध्यम चुप छ ।’

पूर्वप्रधानन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सञ्चार माध्यमले खवरदारी नगर्दा बर्तमान सरकार चुकेको चुक्यै गरेको बताउनु भयो । उहाँले सरकारलाई सजक बनाउन मिडियाले सघाउनु पर्ने बताउनु भयो । ‘यो सरकारसँग तपाईहरुले किन यति ठूलो दुश्मनी साँधेको ? तपाईहरुले बिगतमा जस्तो खवरदारी नगर्दा सरकारले राम्रो काम गर्नै जानेन,’ ओलीले भन्नुभयो ।

एमाले अध्यक्ष ओलीले सञ्चारमाध्यमले सरकारले संविधान मिच्दा पनि मिडिया चुप लागेको आरोप लगाउनुभयो । मिडियाले आलोचना नगर्दा सरकारले गल्ती गरिरहेको छ, उहाँले भन्नुभयो, हामीलाई सञ्चारले खबरदारी गरेको कारण गल्ती कम भयो । देउवा सरकारप्रति नेपालका संचारमाध्यम नतमस्तक भएको हुदाँ कतै लोकतन्त्रनै धरापमा पर्ने होकी भन्ने चिन्ता समेत ब्यक्त गर्नुभयो ।