जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार १७:४८

भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी श्रीवास्तव नेपालमा


काठमाडौं, असोज १२ । भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तव नेपाल आउनुभएको छ । उहाँ तीन दिनसम्म नेपाल रहने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बताएको छ। श्रीवास्तव अहिले भारतीय विदेश मन्त्रालयमा रहेर नेपाल मामिला हेर्नुहुन्छ। उहाँ नेपालमा रहदा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । नेपाल बसाइका क्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग नेपाल– भारत सम्बन्धका पछिल्ला आयामहरुका बारेमा छलफल गर्ने एक स्रोतले जनाएको छ । पहिला उहाा भारतीय विदेश मन्त्रालयका प्रवक्ताको जिम्मेवारीमा रहनुभएको थियो ।