काठमाडौं, असोज १३ । सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशकमा प्रकाश पौडेललाई जिम्मेवारी दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक पदमा कार्यरत पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको विभागमा सरुवा गरेको हो ।
सह–सचिव पौडेल वाणिज्य आउनु अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हुनुहुन्थ्यो । त्यस्तै विभागका महानिर्देशक रामप्रसाद आचार्यको गण्डकी प्रदेशमा सरुवा गरेको छ।













प्रतिक्रिया दिनुहोस्