जनता टाइम्स

१३ आश्विन २०७८, बुधबार २१:०५

माधव नेपाल अस्पताल भर्ना


काठमाडौं, असोज १३ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ । ज्वरो र खोकीको समस्याका कारण अध्यक्ष नेपाल आज साँझ त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको हो।

नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको उहाँको सचिवालयले जनाएको छ । नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको अस्पतालले जनाएको छ ।