जनता टाइम्स

१४ आश्विन २०७८, बिहीबार ०८:२१

कांग्रेस अधिवेशनमा नवप्रवेशीसँग पूर्वसभापति पराजित


कपिलवस्तु, असोज १४ । कपिलवस्तुमा नेपाली कांग्रेस नगररगाउँ अधिवेशनअन्तर्गत भएको निर्वाचनको नतिजा प्राप्त हुन थालेका छन् । हालसम्म तीनवटा पालिकाको अन्तिम नतिजा प्राप्त भएको छ । नतिजा प्राप्त भएका पालिकामध्ये दुईवटा पालिकामा पार्टी सभापति शेरबहादुर देउवा खेमा र एउटा पालिकामा रामचन्द्र पौडेल खेमा विजयी भएका छन् ।

विजयनगर गाउँपालिकाका नवप्रवेशी जानकीप्रसाद यादवसँग निवर्तमान सभापति राजेश उपाध्याय एक मतले पराजित हुनुभयो । यादवले ५३ मत प्राप्त गर्नुभयो । विजयी यादव यसै वर्ष क्रियाशील सदस्य लिनुभएको थियो । यादव तत्कालीन मधेसी जनअधिकार फोरमबाट कांग्रेस प्रवेश गरेका नेता अभिशेखप्रताप शाहसँगै कांग्रेसमा प्रवेश गर्नुभएको हो ।

यसैगरी शुद्धोदन गाउँपालिकाको निर्वाचनमा पूर्वसभापतिसमेत रहेका विश्वम्भर कुर्मी विजयी हुनुभएको छ । उहाँले रामनयन यादवलाई १३ मतले पराजित गर्नुभएको हो । विजयी दुवै जना देउवा खेमाका रहेको बताइएको छ । यसैगरी महाराजगंज नगर समितिको सभापतिमा रामअचल कुर्मी निर्विरोध निर्वाचित हुनुभएको छ । जिल्लाका १० वटा पालिकामध्ये नौवटा पालिकामा अधिवेशन भएको थियो ।