जनता टाइम्स

१४ आश्विन २०७८, बिहिबार ०८:४०

कालोसूचीमा किन नराख्ने भन्दै सरकारले माग्यो तीन ठेकेदारसँग लिखित स्पष्टिकरण


काठमाडौं, असोज १४ । सरकारले तीन ओटा निर्माण कम्पनीलाई लिखित स्पष्टिकरण सोधेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता अवधिभित्र निर्माणको काम सम्पन्न नगर्ने काठमाडौंका दुई र सिन्धुपाल्चोकको एउटा निर्माण कम्पनीलाई ‘कालो सूचीमा किन नराख्ने’ भन्दै स्पष्टीकरण सोधेको हो ।

ती निर्माण कम्पनीलाई ३० दिनभित्र लिखित जवाफ पेस भनिएको छ । कार्यालयले सिन्धुपाल्चोकको सगरमाथा योनटेन कन्स्ट्रक्सन एण्ड सप्लायर्स, काठमाडौंको एसएसएम कन्स्ट्रक्सन र काठमाडौंकै पटलास इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनलाई स्पष्टिकरण सोधेको हो ।
छ ।