जनता टाइम्स

६ असार २०७६, शुक्रबार १७:३१

‘नुन र पेट्रोलियम पदार्थ नीजि क्षेत्रको लागि खुला गरिएको छैन’


बसन्त अर्याल/ काठमाडाैं 

वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले उपभोक्ताको अत्यवश्यक वस्तु आयोडिन नुन र पेट्रोलियम पदार्थ नीजि क्षेत्रको लागि खुला नभएको स्पष्ट पार्नुभएको छ ।

उहाँले  स्पष्ट नबुझी सुचना सम्प्रेषण गर्दा अन्यौलता देखिएको बताउनु भयो ।

असार २ गते राजपत्रमा प्रकाशित सूचित आदेशमा ‘देशको आपूर्ति व्यवस्था र सार्वजनिक हितलाई दृष्टिगत गरी कुनै वस्तु कुनै सार्वजनिक संस्था वा निकाय वा प्रचलित कानुनबमोजिम दर्ता भएको कम्पनी वा संस्थाबाट पैठारी गर्ने गरी नेपाल सरकारले आवश्यक व्यवस्था गर्न सक्नेछ,’ भनिएको छ ।

उहाँले यसको मतलब सरकारले चाहेको अवस्थामा मात्र निजी क्षेत्रलाई अयात गर्न दिनसक्ने बताउनु भयो । ‘पहिला सार्वजानिक संस्था वा सरकारी निकाय भन्ने मात्रै व्यवस्था थियो भने अहिले कानुन बमोजिम दर्ता भएको कम्पनी भन्ने थप गरिएको हो ।कानुन बमोजिम दर्ता भएको कम्पनी सरकारी पनि निजी पनि हुन सक्छ’, उहाँले स्पष्ट पार्दे भन्नुभयो‘ नेपाल सरकारले चाहेको अवस्थामा क्यविनेटले निर्णय गरेरमात्र आयत गर्न सक्ने व्यवस्था गरेको हो ।’

‘सरकारले चाहेको अवस्थामा त पहिला पनि निजी क्षेत्रले आयत गर्न सक्थ्यो नी ? नाका बन्दीको बेलामा निजी क्षेत्रले पेट्रोलियम पदार्थ भित्राउन दिएको नै थियो ।’ उहाँले भन्नुभयो ‘सरकारले प्राकृतिक प्रकोप परेको अवस्थामा निजी क्षेत्रलाई दिन सक्ने गरी ल्याएको हो । अहिले कै अवस्थामा निजी क्षेत्रले आयत गर्न पाउँदैनन्’

त्यस्तै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले निजी क्षेत्रलाई पोस्ने गरी समचार आएको बताउनु भयो । ‘आपुर्ति मन्त्रालय संग पनि कुरा गरे निजी क्षेत्रको लागि खुला भएको छैन’, उहाँले भन्नुभयो‘ अहिले गलत सुचना सम्प्रेषण भएको छ । तर नुनलाई निजी क्षेत्रले ल्याउन पाउनु पर्छ भनेर चलखेल भैरहेकै छ ।’

उहाँले राष्ट्रिय उपभोक्ता मञ्चले डेढ महिना अघि नुनको विषयमा प्रधानमन्त्री समेतलाई संबोधन गरी उजुरी निवेदन हालेको बताउनु भयो । ‘नुन जस्तो अत्यवश्यक वस्तुमा नेपाल सरकारले आयोडिन नुनको लागि अर्वौ रुपैयाँ खर्च गरेर स्वस्थ्य नुन जनतालाई पुर्याउँदै आएको छ । यो निजी क्षेत्रले खर्च गर्न सक्दैनन्’, उहाँले ‘भारतिय सिमावर्ती क्षेत्रमा अहिले अवैध रुपमा अखाद्य नुन अहिले पनि भित्रिराखेको अवस्था छ । अहिलेकै अवस्थामा निजी क्षेत्रलाई नुनको कारोबार गर्न दिइयो भने खुल्लम खुल्ला अखाद्य नुन नेपाल भित्रन्छ र नेपाली जनताको स्वस्थ्यमा ठुलो नकरात्मक असर गर्छ ।’ भन्नुभयो ।