नेकपा एमालेले बिधान महाधिवेशनमा सम्बन्धित सञ्चार संस्थाकै पासलाई मान्यता दिएको छ । बिधान महाधिवेशनमा समाचार संकलनका लागि एमालेले यस्तो ब्यवस्था गरेको हो । एमालेको बिधान महाधिवेशन शुक्रवारदेखि गोदावरीस्थित सनराईज अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ ।
एमाले बिधान महाधिवेशन प्रचार समितिका संयोजक खीमलाल भट्टराईले बिधान माधिवेशनमा समाचार संकलनका लागि सहज ब्यवस्था मिलाइएको र सम्बन्धित सञ्चार संस्थाकै पासलाई मान्यता दिइएको जानकारी दिनुभयो ।
‘मिडियाका लागि महाधिवेशनमा सहभागी हुन छुट्टै पासको प्रबन्ध गरिएको छैन, सम्बन्धित मिडियाले आफ्नो परिचयपत्र देखाएर आवश्यक संख्यामा प्रवेश गर्ने आवश्यक ब्यवस्था मिलाइएको छ,’ आज आयोजित पत्रकार सम्मेलनमा संयोजक भट्टराईले भन्नुभयो, ‘मिडिया सेन्टरबाट टीभी क्यामेराले लाइभ र असोज १५, १६ र १७ गते प्रेस ब्रिफिङको लागि स्थान निर्धारण गरिएको छ ।
पत्रकार सम्मेलनमा एमाले बिधान महिाधवेशनको सवै तयारी पूरा भएको जानकारी पनि दिएको छ । एमाले महाधिवेशनमा ६ हजार भन्दा बढी प्रतिनिधि तय भएका छन ।














प्रतिक्रिया दिनुहोस्