जनता टाइम्स

१६ आश्विन २०७८, शनिबार १८:२५

यसरी मनाइयो काठमाडौंमा १५२औं गान्धी जयन्ती (फोटोफिचर)


काठमाडौं, १६ असोज । १५२ गान्धी जयन्तीको अवसरमा कार्यवाहक राजदूत नामग्य खम्पाले नेपाल आर्ट काउन्सिलमा आयोजित ‘असल जगतका लागि महात्मा गान्धीको सिद्धान्त’ विषयक कला प्रदर्शनीको उद्घाटन गर्नुभएको छ। भारतीय राजदूतावास बीपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा शिभाता लभ फाउन्डेसनले सो कला प्रदर्शनीको आयोजना गरेको हो । उक्त प्रदर्शनी सर्वसाधारणका लागि आश्विन १७ देखि २२ गते सम्म खुला रहनेछ ।

सोही अवसरमा नेशनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टरले भारतीय राजदूतावासको सहयोगमा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा “स्तन तथा पाठेघर क्यान्सर जाँच एवम् जनचेतना कार्यक्रम” को आयोजना गर्यो भने भारतीय राजदूतावासकै सहयोगमा भारतीय नागरिक संघ नेपाल (आईक्यान) ले सोही भवनमा रक्तदान शिविरको आयोजना गर्यो ।

उक्त शिविरमा दूतावासका अधिकारी, भारतीय समुदाय तथा नेपालमा रहेका भारतका मित्रहरुको सहभागीता रहेको जनाईएको छ ।

आजै नेपाल–भारत पुस्तकालयमा पनि एक अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरिएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुको उपस्थिति थियो । पुस्तकालयमा महात्मा गान्धीको जीवन एवम् सिद्धान्तमा आधारित एक चलचित्र प्रदर्शन गर्नुका साथै महात्मा गान्धीको विषयमा हाजिरीजवाफ प्रतियोगिताको पनि आयोजना गरिएको थियो । आज बिहान भारतीय दुतावास प्राङ्गणमा स्थित गान्धीको शालिकमा दूतावासका अधिकारीहरू माल्यार्पण गरि सम्मान प्रकट गरेका थिए ।

This image has an empty alt attribute; its file name is 243634679_3071537316460892_1858920060883703778_n-511x768.jpg

प्रगतिशील भारतको ७५ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरुको गौरवशाली इतिहासको सम्झना गर्न भारत सरकारले अघि सारेको ‘आजादी का महोत्सव’ को एक कार्यक्रमको रुपमा गान्धी जयन्ती मनाइएको हो ।