काठमाडौं, असोज १७ । नेकपा (एमाले)को विधान महाधिवेशनको तेस्रो दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ । आइतबार बिहान प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आ–आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएसँगै समूहगत छलफलको रिपोर्टिङ गर्ने काम सकिएको हो ।प्रदेश १ बाट देवराज घिमिरे, प्रदेश २ बाट ज्वाला साह र गण्डकी प्रदेशको समूहबाट जगतबहादुर विश्वकर्माले समूहको निष्कर्ष सुनाउनुभएको थियो । त्यस्तै, जनवर्गीय संगठनको तर्फबाट अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले समूह छलफलको रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो प्रभु साह एमालेको विधान महाधिवेशनमा उपस्थित नभएको अवस्थामा ज्वालालाई समूह नेता चयन गरेर अगाडि बढाइएको हो ।एमालेको विधान महाधिवेशन आइतबार नै सकिने कार्यक्रम रहेको छ । आज पार्टी प्रवेश र अध्यक्ष केपि शर्मा ओलीले समापन सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।













प्रतिक्रिया दिनुहोस्