जनता टाइम्स

१७ आश्विन २०७८, आईतवार १६:३५

एमाले नेता–कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन : गालामै थप्पड हान्दा पनि शास्त्र पल्टाएर नबस्नोस (भिडियोसहित)



काठमाडौं, असोज १७ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिरोधीले आफ्नो गालामा थप्पड हानिसक्दा पनि शास्त्रले के भन्छ भन्दै नबस्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिनुभएको छ । प्रथम बिधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आएका सुझावको सम्बोधन र प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो ।

‘हाम्रा साथीहरु त्यत्ति धैर्य नबनौं, बिरोधीले आएर गालामा थप्पड हानिसक्यो, हामी चाँहि दर्शन शास्त्रले के भन्छ भन्दै सोचेर बस्ने काम गरिरहेका छौं, थप्पड हानिसकेपछि त्यो बिरोधी हो भन्ने थप प्रमाण चाहिन्न,’ अध्यक्ष ओलीले भन्नुभयो । उहाँले एमालेमा बिग्रिएकाहरु जति पार्टी छाडेर गइसकेको र आधाजति भ्रममा पारेर अन्त लागेको भन्दै अव पार्टीमा को सही र को गलत भन्ने अवस्था नरहेको बताउनु भयो । ‘बिग्रिएका जति गइसके, जो एमालेमा छौं, सवै सकुशल छौं भन्ने प्रमाण हो,’ ओलीको भनाई थियो ।