जनता टाइम्स

१७ आश्विन २०७८, आईतवार १६:५५

एमालेलाई ५१ प्रतिशत जनता चाहिएको छ, माधव नेपालसँग गएकालाई फर्काउन प्रयास गर्नू : अध्यक्ष ओली


काठमाडौं, १७ असोज । एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपालसँग गएका नेता तथा कार्यकर्तालाई फर्काउन पहल थाल्न आह्वान गर्नुभएको छ । तीन दिनदेखि जारी पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले अलमलमा र झुक्याएर लगिएका नेता तथा कार्यकर्तालाई फर्काउन आह्वान गर्नुभएको हो ।

यसका लागि केन्द्रबाट पनि प्रयास हुने र तल्लो तहबाट पनि प्रयास थाल्न ओलीले आग्रह गरेका हुन् । ‘भ्रममा परेकालाई हामी पनि फर्काउने प्रयास गर्छौं, तलबाट तपाइँहरू पनि प्रयास गर्नुहोला’, अध्यक्ष ओलीले भन्नुभयो । यस्तै उहाँले अहिले तत्कालका लागि एमालेलाई ५१ प्रतिशत जनता चाहिएको बताउनुभयो ।