काठमाडौं, असोज १७ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई स्पष्ट बहुमतसहित कसैले पनि हल्लाउन नसक्ने गरी स्थापित गरेर छाडने अठोट गर्नुभएको छ । बिधान महाधिवेशनको समापन समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो अठोट गर्नुभएको हो ।
‘ एउटा अगुवाको रुपमा, एउटा साथीको रुपमा तपाईहरुले जुन बिश्वास दिनुभएको छ, त्यो बिश्वास एक इञ्च पनि तलमाथि पर्ने छैन । एमालेको अध्यक्षको हैसियतमा भन्दैछु, नेकपा एमालेलाई बहुमतमा पुर्याएर कसैले हल्लाउन नसक्ने खालको सुदृढ स्थितिमा पुर्याएर छोडछु,’ आफ्नो प्रतिवद्धता जनाउँदै अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले आगामी निर्वाचनपछि नै एमालेको स्पष्ट बहुमतको सरकार आउने घोषणापनि गर्नुभयो ।
उहाँले एमाले बिरोधीहरु दुई कुराले चिन्न्ति रहेको जानकारी पनि दिनुभयो । ‘बिरोधीहरु दुई कुराले चिन्तित छन, पहिलो म बाँची राखेको हुनाले चिन्तित छन दास्रो कार्यकर्ताले, जनताले अत्यन्तै धेरै माया गर्छन । त्यसकारण चिन्तित छन । बाँचेकोमै चिन्तित छन त म के गरौं ?’ ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्