जनता टाइम्स

१७ आश्विन २०७८, आईतवार १७:५६

अब एमालेको आफ्नै एप्स


काठमाडौँ, १७ असोज । नेकपा एमालेले आफ्नै एप्स ल्याएको छ । ललितपुरको गोदावरीमा तीन दिन चलेको प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले एप्सको शुभारम्भ गरेका हुन् ।

उक्त एप्समा पार्टीको सबै सूचना उपलब्ध हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त एप्समा हरेक नेताहरूको सबै विवरण राखिनेछ ।