चितवन, असोज १७ । रेडियो सञ्चालकहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) ले कोरोना संक्रमणबाट ज्यान गुमाउनु भएका अध्यक्ष चन्द्र न्यौपानेका नाममा पुरस्कार स्थापना गरेको छ ।
शौरहामा आज बसेको बानको बैठकले हरेक बर्षमा १ लाख १ हजार १११ रूपैयाँको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । बैठकले केन्द्रीय सदस्य गणेश पोखरेललाई कार्यविधि बनाउने जिम्मा दिएको छ । कोरोना संक्रमणमा परी मृत्युवरण गर्नुभएका अध्यक्ष न्यौपानेको स्मरणमा हरेक बर्ष सो पुरस्कार प्रदान गर्ने बानले जनाएको छ । यसैगरी बैठकले माघ तेस्रो हप्ता अधिवेशन गर्ने निर्णय गरेको छ ।
बानका अध्यक्ष न्यौपानेको गत जेठ १४ गते कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । विराट मेडिकल कलेजमा उपचाररको क्रममा ५० वर्षीय न्यौपानेको मृत्यु भएको हो । बान अध्यक्ष न्यौपाने प्रेस चौतारी नेपालका सल्लाहकार र सप्तकोसी एफएमका स्टेशन म्यानेजर हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्