काठमाडौं, असोज १७ । नेपाली कांग्रेसको काठमाडौँ महानगरपालिकामा देउवालाई धक्का लागेको छ । काठमाडौंको अधिवेशनबाट संस्थापन इतर पक्षका निलकाजी शाक्यको टिम बिजयी भएसँगै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई धक्का लागेको हो । आज भएको निर्वाचनमा रामचन्द्र पौडेल पक्षका र प्रकाशमान सिंहको समर्थनप्राप्त रहेका निलकाजी शाक्य सभापतिमा निर्वाचित हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी शेरबहादुर देउवा पक्षका प्रगतिमान रन्जितले आधा भन्दा कम मत प्राप्त गर्नुभएको थियो । त्यस्तै उपसभापतिमा पनि शाक्य प्यानलकै सुशीला ढकाल, सचिवमा सुशन वैद्य र सहसचिवमा विमला लामिछाने निर्वाचित हुनुभएको छ । महानगरमा कांग्रेसको १५ वर्षपछि निर्वाचन भएको हो ।













प्रतिक्रिया दिनुहोस्