काठमाडौं, असोज १८ । नेकपा एमालेको स्थानीय तहका जनप्रतिनिधिको भेला राष्ट्रिय सभागृहमा सुरु भएको छ । आइतबार मात्रै विधान महाधिवेशन सम्पन्न गरेको एमालेले स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको भेला बिहान ९ बजेदेखी राष्ट्रिय सभागृहमा भेला सुरु भएको हो । स्थानीय तहका प्रमुख तथा उप्रमुखहरुको भेला राष्ट्रिय सभागृहमा हुँदैछ ।
भेलामा आगामी स्थानीय तहको निर्वाचनका लागि बनाइने रणनीतिका बारेमा छलफल हुने बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुबेदीले जानकारी दिनुभयो । पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र अब लिनुपर्ने रणनीतिका बारेमा सहभागीहरुले रिर्पोटिङ गर्ने उहाँले बताउनुभयो ।
विधान महाधिवेशनमा सहभागी हुन आएका एमालेका जिल्ला समन्वय समितीका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख भेलामा सहभागी हुँदैछन । आजको भेलालाई दिउसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।













प्रतिक्रिया दिनुहोस्