काठमाडौं, असोज १८ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल डिस्चार्ज भएका हुनुभएकोछ । स्वास्थ्यमा समस्या आई असोज १३ गते साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएका अध्यक्ष नेपाल स्वास्थ्यलाभ गरी आज विहान डिस्चार्ज हुनुभएको हो ।
अध्यक्ष नेपालको निजी सचिवालयले स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्ने जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्