जनता टाइम्स

१८ आश्विन २०७८, सोमबार १९:२६

प्रचण्डबिरुद्ध मैदानमै उत्रिए नारायणकाजी, सार्वजनिक मञ्चबाटै फर्काए कठोर जवाफ


काठमाडौं, असोज १८ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई कडा दनक दिनुभएको छ । आफ्नो निवासमा बोलाएर अनेरास्वबिूय क्रान्तिकारीका अध्यक्षका दावेदार सवै नेतालाई प्रचण्डले पार्टी केन्द्रीय कमिटीमा मनोनीत गरेको घोषणा गरेको भोलिपल्ट नेता श्रेष्ठले बिधि र बिधान भन्दा बाहिर गएर कोही पनि केन्द्रीय सदस्य हुन नसक्ने र भन्दै कडा दनक दिनुभएको हो ।

प्रचण्डले आइतवार अध्यक्षका दावेदार बिद्यार्थी नेताहरुलाई हिडदा हिडदै केन्द्रीय सदस्य हुनुभयो भनेर पठाउनु भएको थियो । तर श्रेष्ठले पार्टी केन्द्रीय समितिमा कसैलाई पनि नथपिएको बताउनुभयो । बुद्धिजीवी संगठनको भेलामा नेता श्रेष्ठले भन्नुभयो, ‘यी सव वाइहात कुरा हो, कोही थपिएको छैन । ’ पार्टी केन्द्रीय समितिमा चयन गर्ने निश्चित विधि रहेको उल्लेख गर्दै उहाँले अनावश्यक भ्रम नछर्न पनि आग्रह गर्नुभयो ।

‘पार्टी केन्द्रीय समितिमा चयन हुने निश्चित विधि छ। त्यसै कोही केन्द्रीय समितिमा थपिन्न। यसको आफ्नै विधि छ । अनावश्यक भ्रम नछरौं,’ श्रेष्ठले भन्नुभयो । श्रेष्ठले विद्यार्थी नेतालाई केन्द्रीय समितिमा थपेको समाचार गलत रहेको उहाँो भनाई थियो ।