काठमाडैं, १९ असोज । सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेका छ। अध्यक्ष तामाङसहित एक दर्जनलाई प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको हो ।
तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । सिआइबीका डिआइजी धिरजप्रताप सिंहका अनुसार निक्षेपकर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई सोमबार सुन्धाराबाट पक्राउ गरिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख सिंहका अनुसार तामाङसहितका व्यक्तिलाई सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको हो। उहाँहरूविरूद्ध निक्षेपकर्ताहरूले ब्युरोमा जाहेरी दिएको सिंहले जानकारी दिनुभयो ।
तामाङले उक्त सहकारीमा आफूखुसी ऋण प्रवाह गरेको जाहेरीमा उल्लेख छ। ‘हालसम्म ४६ करोड रुपैयाँ ठगीको निवेदन परेको छ, निवेदन सोमवार नै दर्ता भएको हो,’ सिंहले भन्नुभयो । ३१ करोड २४ लाख ५७ हजार ९ सय रुपैयाँ शेयर पुँजी रहेको सिभिलले ८ अर्ब ३५ करोड १० लाख ८ हजार रुपैयाँभन्दा धेरै कर्जा लगानी गरेको छ। सर्वसाधारणको ८ अर्ब रुपैयाँ निक्षेप लिएर इच्छाराजले ७ अर्ब रुपैयाँभन्दा बढी आफैंले कर्जा लिएका छन्।













प्रतिक्रिया दिनुहोस्