जनता टाइम्स

१९ आश्विन २०७८, मंगलवार १८:४९

पूर्वमुख्यसचिव पौडेल माओवादीको केन्द्रीय बिभागमा


काठमाडौं, असोज १९ । पूर्वमुख्यसचिव लीलामणि पौडेल नकेपा माओवादी केन्द्रकै नेता रहेको तथ्य खुलेको छ । माओवादी केन्द्रले सुरेन्द्र (राम) कार्कीको अध्यक्षमा गठन गरेको ३१ सदस्यीय विदेश मामिला विभागको सदस्यका रुपमा पौडेलको नाम आएपछि उहाँ सशस्त्र युद्धकालदेखि नै माओवादीमा लागेको तथ्य खुलेको हो ।

पौडेललाई माओवादीले नै मुख्यसचिव र चीनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । माओवादीको सो विभागमा पूर्वमुख्यसचिव तथा चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौडेलसँगै पूर्वराजदूत डा. महेश मास्केसहित विभिन्न देशका पूर्वराजदूतहरु सदस्य हुनुहुन्छ । पौडेल यसअघि आफू माओवादी नभएको भन्दै हिडनुभएको थियो । माओवादीको बिदेश बिभागमा पूर्वराजदूतहरु ऋषिराम अधिकारी, युवनाथ लम्साल, राममणि पोखरेल, लक्की शेर्पा, पदम सुन्दास, महेन्द्र सिंह हुनुहुन्छ ।

केही समयअघि मुख्य सचिव पौडेलले माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)लाई प्रशिक्षण दिइरहेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियोमा पौडेलले माओवादीको बखान गर्नुभएको थियो । माओवादीले पूर्वराजदूतलाई समेटेको सो विभागको उपप्रमुखमा सुरेश आले मगर हुनुहुन्छ ।

यसैगरी सदस्यहरुमा जोखबहादुर महरा, ओम शर्मा, विमल अधिकारी, रुपक सापकोटा, प्रमोद जैसवाल, सुनिल पौडेल, अमन श्रेष्ठ, प्रदीप परियार, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला, टिवी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली, बाबुलाल पुन, श्यामकुमार श्रेष्ठ सदस्य रहनु भएको छ ।