काठमाडौं, असोज २१ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्नेभएको छ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने छ ।
बैठकले पार्टीका केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने कार्यसुची रहेको स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा स्थायी कमिटीलाई पूर्णता दिने विषयमा पनि छलफल हुने छ । नेकपा एसले पाँच सदस्यीय स्थायी कमिटी गठन गरिसकेको छ ।
यसबाहेक बैठकमा वर्तमान सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउने विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् । एसले चार मन्त्रालयको भाग पाएको छ ।













प्रतिक्रिया दिनुहोस्