काठमाडौं, असोज २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । टिभी पंचली ऐट केको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले मन्त्रिपरिषद्ले पूर्णता पाउने र उस्तै परे आजै मन्त्रीहरुले सपथ लिने बताउनु भएको हो ।
‘उस्तै परे क्याविनेटमा आज सपथ ग्रहण हुन्छ होला । पूर्णता पाउँछ,’ दाहालको भनाई थियो । आफूले समावेशिता, समानुपातिकता र हिजोको राज्यद्वारा विभेदमा पारिएका सबै वर्ग समुदायलाई अगाडि ल्याउन लगातार कोसिस गरिरहेको भन्दै दाहालले भर्खरै पार्टी कमिटीमा ३५ प्रतिशत महिला प्रतिनिधित्वको निर्णय भएको बताउनु भयो ।
दाहालले क्याविनेटमा आफ्नो पार्टीबाट ५० प्रतिशत महिला पुर्याएको र मधेसी, जनजाति, दलितलाई समेट्ने प्रयास गरिएको जानकारी पनि दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्