काठमाडौं, असोज २१ । सापटी दिएको पाँच लाख रुपैया २ वर्ष हुँदा पनि नतिरेपछि अर्काकी श्रीमती लिएर गएको घटनामा मामा भान्जी पक्राउ परेका छन् । पेट्रोलियम पदार्थ व्यवसायीले आफुले सापटी दिएको पैसा नतिर्ने पुरुषको श्रीमतीलाई ट्याक्सीमा हालेर लिएर गएका थिए ।
उनलाई बन्धक बनाएर राखेपछि पैसा लिएर आएर श्रीमती लैजा भन्दै फोन गरेका थिए । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ स्थित निरमान भोम्जनको डेराबाट निजको श्रीमती अपहरण गरेको आरोपमा प्रहरीले भक्तपुरका धिरोज श्रेष्ठ र भाञ्जी रसिला अवाललाई पक्राउ गरेको हो ।













प्रतिक्रिया दिनुहोस्