गुल्मी, असोज २२ । एमालेका सचिव प्रदीप ज्ञवालीले सवैखाले षडयन्त्रलाई परास्त गर्दै एमाले जनताको बलमा जुरुक्क उठने उदघोष गर्नुभएको छ । गृहजिल्ला गुल्मीको कालिगण्डकी गाउँपालिकामा आज आयोजित शुभकामना कार्यक्रममा एमाले सचिव ज्ञवालीले यस्तो उदघोष गर्नुभएको हो ।
अहिले हामीलाई धक्का खएजस्तो सरकारबाट बाहिरीए जस्तो, पार्टी बिभाजन भएजस्तो जे देखेका छौं, यो अस्थायी कुरा हो, ज्ञवालीले भन्नुभयो, अव सूर्यको ताप बिस्तारै बढदै जाने छ, एमाले जुरुक्क उठ्ने छ, यी सबै चुनौती चिरेर अगाडि बढ्ने छ ।’ उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा नेकपा एमालेले पछारिदै उठ्दै अगाडि बढेको भन्दे अव पनि यस्तै हुने बताउनु भयो । उहाँले नेकपा एमालेबाट माधव नेपालसहित केही नेताहरु बिहिरिएको र एमाले सबभाज नभएको बताउनुभयो ।
पार्टीबाट चोइटिएर केही नेताहरु जाँदा एमालेलाई यस्ता धक्का पटक–पटक चिर्दै आएको बताउनुभयो । २०५० सालमा नेपालको कम्युनिष्ट आन्दोलनमा जननेता मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रीत त्रिसुलीमा डुबाएर हत्या गरेर केही मान्छेले एमाले कहिल्यौं ब्युतिने छैन भनेर सोचको तर त्यो कुरा गलत सावित भएको बताउनु उहाँले भयो । ‘तर हामीले धुलो टकटकायौं सरिरमा लागेका घाउहरुको रगत पुछ्यौं’, ज्ञवालीले भन्नुभयो, ‘९ महिने लोकप्रिय सरकार बनायौं, मदन भण्डारीको हत्या गरेर एमाले सिध्याइयो भन्ने सपना देख्नेहरुको सपना चक्नाचुर पारेयौं, पछारिदै उठदै अगाडि बढ्यौं ।’
उहाँले बिगतमा पनि एमाले बिभाजन गर्नेहरु सून्य भएको र अव पनि सून्य हुने ठोकुवा गर्नुभयो । विभाजन गर्नेहरु शुन्य भए । अर्को चरणमा माओवादी आयो, सबै माओवादी होकी जस्तो खालको अबस्था नै आयो ज्ञवालीले भन्नुभयो, ‘जातीय क्षेत्रीय, पहिचाहनको राजनितिको बिगबिगी सबै मान्छे उति बहकिए जस्तो अबस्था पनि आयो तर हामी बिचलित नभइ धुलो टकटकाएर अगाडि बढ्यौं।’
उहाँले ०७३ सालमा केपी ओली अघिल्लो चोटी प्रधानमन्त्री बन्दा नाकाबन्दीको सामाना गरेर, चीनसँग पारबहान सम्झौता गरेर राष्ट्रियताको स्वाभीमानको शिरमाथि खडा गरेको देशलाई एकपक्ष निर्भरता अत्य गरेको सरकारलाई ९ महिनामै घेरा बन्दी गरेको बताउनुभयो । अहिले पनि यसै गरि घेराबन्दीमा पारेको उहाँको भनाई छ ।














प्रतिक्रिया दिनुहोस्