काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । सरकार गठनको ८८औँ दिनमा उहाँले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । गत २८ असारमा प्रधानमन्त्री बनेका देउवाले ८८औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिँदा पनि विवादरहित बन्न सक्नुभएन ।
२०७४ सालमा जम्बो मन्त्रिपरिषद् गठन गरेको भन्दै विवादमा पर्नुभएको देउवा अहिले गैरसांसद गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएकोमा आलोचित हुनुभएको हो । गैरसांसद हमाललाई मन्त्री बनाएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भइरहेको छ ।
२४ जेठ २०७४ मा गठन भएको र अन्तिम पटक ३१ असोज २०७४ मा पुनर्गठन गरिएको मन्त्रिपरिषद्लाई तत्कालीन प्रधानमन्त्री देउवाले ६४ सदस्यीय बनाएर विवादमा परेका थिए । आज मन्त्रिपरिषद् विस्तार गर्दा गैरसांसद हमाललाई मन्त्री बनाएका देउवाले मन्त्रीको सूचीमा उहाँलाई १९औँ नम्बरमा राख्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्