जनता टाइम्स

२३ आश्विन २०७८, शनिबार ०८:२८

तराइका चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा


काठमाडौं, असोज २३ । गृह मन्त्रालयले बाँकेसहित तराइका चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार बाँके, पर्सा, सुनसरी र रौतहटमा नयाँ प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको हो।

जसअनुसार गृह मन्त्रालयमा कार्यरत उपसचिव सूर्यबहादुर खत्रीको बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरूवा भएको छ। यस्तै झापाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीलाई रौतहटको प्रमुख जिल्ला अधिकरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई पर्साको प्रमुख जिल्ला अधिकारी तथा रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवलाई सुनसरीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।