विधान महाधिवेशन सहमतिका साथ भव्य रूपमा सम्पन्न भएकोमा नेपाली श्रमजीवी जनता प्रफुल्लित भए भने प्रतिक्रियावादी शक्ति त्रसित बन्यो । एमालेको फूट, विग्रह, विमतिमा रमाउने प्रचण्ड र माधव नेपालहरू चकित बने । आफ्नो बहिर्गमनपछि भएको एमालेको शक्ति क्षीण भएको भ्रममा रहेका प्रचण्ड र माधव नेपाललाई नींद हराम भयो । जिल्लास्तरका आफ्ना अधिकांश कार्यकर्ता एकपछि अर्को गर्दै एमालेमा प्रवेश गरिरहेको र एमालेको रौनक बढेको देखेर प्रचण्डमा त आत्महत्याको सोच समेत देखियो । एमाले र केपी शर्मा ओलीप्रति जनतामा बढदो बिश्वास र भरोसा नै प्रचण्डका आत्महत्याको सोच पलाएको प्रष्टै छ
निर्मल भट्टराई
विधान महाधिवेशनको भव्य सफलतापछि देशकै सबभन्दा टूलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई दशौं महाधिवेशनको चटारो शुरू भएको छ । नेपालीहरूका ठूला चाडपर्व दसैं, तिहार र छठको समय हिसाब नगर्ने हो भने एमालेको महाधिवेशन निकै नजिक आइपुगेको छ । यो छोटो अवधिमा एमालेले सम्पन्न गर्नुपर्ने कामको सूची भने निकै लामो छ । तृणमूल तहदेखि केन्द्रसम्म युद्धस्तरमा काम गर्दा मात्र तोकिएको समयमा एमालेको दशौं महाधिवेशन सम्पन्न गर्नसक्ने अवस्था छ । विधि, विधान र विचारको काम पार्टीको प्रथम विधान महाधिवेशनले निर्क्यौल गरे पनि नेतृत्व निर्माणको पेचिलो र कहिले काँही सकसपूर्ण काम बाँकी छ । २०७८ सालको दोस्रो हप्ताभित्र सम्पन्न हुनैपर्ने एमालेका केही कामको यहाँ चर्चा गर्ने जमर्को गरिएको छ ।
पार्टी सदस्यता नवीकरण
पार्टीको दशौं महाधिवेशन अगावै देशभरका छ लाखभन्दा बढी सदस्यताको नवीकरण भइसक्नु पर्नेछ । माधव नेपालको नेतृत्वमा पार्टीका केही नेताले अलग्गै पार्टी बनाएको कारण केही पार्टी सदस्यहरू (करिब दश प्रतिशत) मा एमालेमै आफ्नो सदस्यता नवीकरण गर्ने कि नयाँ पार्टीमा लाग्ने भन्ने द्विविधा उत्पन्न भएको छ । त्यो द्विविधलाई चिर्न एमालेले राष्ट्रव्यापी अभियान चलाउनु पर्ने हुन्छ । सबैको विवरण अध्यावधिक गर्न, जिल्लादेखि केन्द्रसम्म तिनीहरूको रेकर्ड व्यवस्थापन गर्न र अन्तरपार्टी जनवादमा तिनीहरू सबैलाई सामेल गर्न एमालेका नेता कार्यकर्ताले निकै श्रम र पसिना बगाउनु पर्ने अवस्था छ । पार्टी सदस्यता पार्टीको निरन्तर प्रक्रिया भएको र अहिले एमालेले पार्टी सदस्यता वितरण र नवीकरणलाई प्रविधिमैत्री बनाउने योजनामा रहेको सन्दर्भमा यसमा विरालो बाँध्नुपर्ने आवश्यकता छैन ।
पालिकास्तरका अधिवेशन
एमालेले पालिकास्तरका आधिवेशनको तालिका सार्वजनिक गरिसकेको छ । तालिकाअनुसार कार्तिक ६ गते देशभरका वडा अधिवेशन र ९ गते पालिका अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा पार्तीको पालिका अधिवेशन आफैंमा निकै महत्वको हुनेछ । अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी-काङ्ग्रेस गठबन्धनका वाबजुद एमालेले बहुमत स्थानीय तहमा विजय प्राप्त गरेको थियो । माधव नेपालले भगिरथ प्रयत्न गर्दा पनि स्थानीय जनप्रतिनिधिहरूलाई चलाउन सकेनन । भ्रमवश माधवतिर लागेका केही स्थानीय जनप्रतिनिधि पनि धमाधम मूलधारमै फर्कदैछन । हाल एमालेभित्र आम सहमतिको वातावरण बनिरहेको अवस्थामा सबै पालिकामा एमालेले सहमतिमै अधिवेशन सम्पन्न गर्न सकिए आगामी स्थानीय तहको निर्वाचनमा एमालेको विजयको प्रमुख आधार हुनेछ ।
महाधिवेशनको चटारो
२०७८ सालको मङ्सिरको दोस्रो सातामा आफ्नो दशौं महाधिवेशन एमालेले घोषणा गरिसकेको छ । तोकिएको समयमा महाधिवेशन गरिसक्नै पर्ने दवावमा एमाले छ । एकातिर आफ्नो ऐतिहासिक प्रथम विधान महाधिवेशन एकमना एकताका साथ सम्पन्न गरेको एमालेलाई सोही प्रकारले राष्ट्रिय महाधिवेशन पनि सहमतिका साथ सम्पन्न गर्ने कार्यभार छ । विधान महाधिवेशन सहमतिका साथ भव्य रूपमा सम्पन्न भएकोमा नेपाली श्रमजीवी जनता प्रफुल्लित भए भने प्रतिक्रियावादी शक्ति त्रसित बन्यो । एमालेको फूट, विग्रह, विमतिमा रमाउने प्रचण्ड र माधव नेपालहरू चकित बने । आफ्नो बहिर्गमनपछि भएको एमालेको शक्ति क्षीण भएको भ्रममा रहेका प्रचण्ड र माधव नेपाललाई नींद हराम भयो । जिल्लास्तरका आफ्ना अधिकांश कार्यकर्ता एकपछि अर्को गर्दै एमालेमा प्रवेश गरिरहेको र एमालेको रौनक बढेको देखेर प्रचण्डमा त आत्महत्याको सोच समेत देखियो । एमाले र केपी शर्मा ओलीप्रति जनतामा बढदो बिश्वास र भरोसा नै प्रचण्डका आत्महत्याको सोच पलाएको प्रष्टै छ ।

एमालेले जनताको बहुदलीय जनवाद आफ्नो मार्गदर्शक सिद्धान्त बनाएपछि पार्टीको संगठनात्मक जीवन भयङ्कर आन्तरिक प्रतिस्पर्धाबाट गुज्रदै आएको छ । पार्टीको केन्द्रदेखि तृणमूल तहसम्मको नेतृत्व निर्माणमा प्यानलको आधारमा निर्वाचन भयो, पार्टीभित्र निर्वाचन जित्नका लागि कतिपय अवस्थामा धन, डनलगायतका गैर कम्युनिष्ट माध्यमको समेत प्रयोग भयो । यसो भन्न सकिन्छ, वितेको दशक एमालेको आन्तरिक जीवन अति चुनावको शिकार बन्यो । जसका लाठ उसका भैंस मान्ने र चुनावमा अभ्यस्थ अधिकांश एमालेजनहरू नेतृत्व निर्माणमा सहमति हुन्छ भन्ने विश्वास गर्दैनन् । सहमति उच्चस्तरको जनवाद हो भन्ने तथ्य नै ओझेलमा परेको जस्तो देखिन्छ एमालेमा । सहमतिमा अन्तरपार्टी जनवाद नदेख्ने रोगबाट एमालेको दशौं महाधिवेशन अगावै पार्टी मुक्त हुन सक्नुपर्छ ।
एमालेको विरूद्ध हाल भइरहेको घेराबन्दीबाट बच्न, स्थानीय तहको र केन्द्रको निर्वाचनमा थप सफलता प्राप्त गर्न एमालेमा आम सहमतिआवश्यक छ । जनताको बहुदलीय जनवाद पार्टीका हरेक विषयमा समूहबन्दी, मुख रातोपिरो पारेर पौंठेजोरी खेल्ने माध्यममात्र होइन, सहमतिको सिद्धान्त हो भन्ने समस्त एमालेजनले सोच्न सकेमात्र पनि देशले एक फड्को मार्न सक्छ । एमालेजनको आम सोचाइमा क्रमभङ्ग हुन जरूरी छ ।













प्रतिक्रिया दिनुहोस्