जनता टाइम्स

३० आश्विन २०७८, शनिबार ०९:०२

एनआरएनए महासचिव डा. शर्मालाई कोरोना, यस्तो देखियो लक्षण


लन्डन, ३०, असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्मालाई कोरोना संक्रमण भएको छ । बेलायतको लिभरपुल युर्निभरसिटीमा बरिष्ठ प्राध्यापकको रुपमा कार्यरत डा. शर्मालाई बिहिवार कोरोना पोजेटिभ देखिएको हो । कोरोना भाइरस बिरुद्धको दुई डोज खोप लिएका शर्मालाई टाउको तथा ज्यान दुःख्ने र ज्वरोको लक्षण देखिएको छ ।

उहाँको अन्यः स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ । डा. शर्मा गैरआवासीय नेपाली संघभित्र रातदिन खटिएर संस्थाको लागि काम गर्ने मुख्य पदाधिकारीको रुपमा परिचित हुनुहुन्छ । उहाँले संघको १० औं महाधिवेशनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । बेलायतमा अहिले पनि दैनिक ४० हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।