जनता टाइम्स

१ कार्तिक २०७८, सोमबार १७:४८

मेटमणिले दिए दिलदिमागमा केपी ओली नै रहेको तथ्य


गुल्मी, कात्तिक १ । पैसाका कारण मन्त्री हुन नसकेको सार्वजनिक अभिब्यक्ति दिएर पछिल्लो समय चर्चामा रहनुभएका नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले आफ्नो दिल र दिमागमा सधैभरी केपी ओली नै घुमिरहने गरेको तथ्य सार्वजनिक गर्नुभएको छ ।

नेकपा (एस) गुल्मीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै चौधरीले आफ्नो पार्टीको नीति सिद्धान्त सून्य रहेको र आफूहरुमा सधै केपी ओली छाइरहेको तथ्य राख्नुभयो । आफ्नो सम्बोधनको अधिकांश समय केपी ओलीकै बिरोधमा खर्चिएर चौधरीले नेकपा एस गठन ओलीकै बिरोध गर्न भएको बताउनु भयो ।

चौधरीले केपी ओलीसहितका एमाले नेता जनतासँग भोट माग्न गाउँ आउने कुनै नैतिक आधार नभएकाले केपीको झापादेखि गोकर्ण र प्रदीपका गुल्मीका निर्वाचन क्षेत्रसमेत एमालेले हार्ने बताउनु भयो । केन्द्रीय सदस्य राज्यलक्ष्मी गैरेले पनि आफूहरूलाई एमालेको माया भएको बताउनु भएको थियो ।