जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार ०९:३६

बाढीपहिरोग्रस्त सुदूरपश्चिमको स्थलगत भ्रमणमा प्रधानमन्त्री देउवा, यस्तो छ कार्यसूची


काठमाडौँ, कात्तिक ४ । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरोग्रस्त क्षेत्र सुदूरपश्चिमको स्थलगत भ्रमणमा निस्किनुभएको छ

। निरिक्षण गर्न राज्यलाई नै भार पर्ने गरि आज बिहान ८ बजे अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री रमेश लेखक, एनपी सावद, बीरबहादुर बलायर, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा सहितको टोली काठमाडौँबाट प्रस्थान गरेको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री देउवा सहितको उच्चस्तरीय टोली काठमाडौँबाट सुर्खेत हुँदै डोटी दिपायल पुग्ने कार्यक्रम रहेको छ । सुर्खेतमा हेलिकोप्टरमा इन्धन भरेर दिपायल पुग्ने कार्यक्रम छ । बिहीवार राती धनगढी बसेर शुक्रबार मात्र देउवा राजधानी काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।