जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार १५:०२

आज बिश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य


हेटौंडा, कात्तिक ४ । बागमती प्रदेशकी मुख्यन्त्री अष्टलक्ष्मी शाक्यले आज संसदसामू विश्वासको मत माग्ने हुनुभएको छ । आज दिउँसो तीन बजेपछि सुरू हुने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि मन्तव्य दिने बागमती प्रदेशकी अर्थमन्त्री रचना खड्काले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने निर्णय गर्नुभएको थियो ।

‘आज मुख्यमन्त्रीले विश्वासको मत माग्नुहुन्छ। त्यसपछि सभामुखले छलफलका लागि कहिले बैठक बोलाउनुहुन्छ भन्ने हो,’ मन्त्री खडकाले भन्नुभयो, ‘हामीलाई छलछाम गरेर एक मिनेट पनि सरकारमा बस्नुछैन। संविधानले देखाएको बाटोमा अघि बड्छौं। हामी प्रक्रियामा जान तयार छौ।’ बागमती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य रहेका छन्।