जनता टाइम्स

४ कार्तिक २०७८, बिहीबार १७:११

गठबन्धनले गर्‍यो मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्ताव


हेटौंडा, कात्तिक ४ । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ ।

प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा सहभागी माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेलले शाक्यलेलाई विश्वासको मत दिन नसक्ने बताउँदै पाण्डेको नाम प्रस्ताव गर्नुभएको हो ।

उहाँले गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी का नेता पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको बताउनु भयो । प्रदेशसभामा १०९ जना सांसद छन् । सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद छन् । यो संख्या सरकार बनाउन १२ सांसद अपुग हो ।